‘विभेद अन्त्यका लागि मधेश प्रदेश’

–उमेशकुमार मण्डल
पुनः दोस्रो पटक २०७८ पुस ८ गेत फेरी प्रदेश नम्बर २ को सदनले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि प्रदेश सदनमा प्रतिनिधित्व गर्ने दलहरु प्रदेश नामकरणको लागी छुट्टाछुट्टै प्रस्तावहरु दर्ता गराएको छ ।
मिथिला भोजपुरा प्रदेश (कांग्रेस), मध्यमधेश प्रदेश (कांग्रेस), जानकी प्रदेश (नेकपा एमाले), जानकी प्रदेश (नेकपा एस), मधेश प्रदेश (लोसपा), मधेश प्रदेश (नेकपा माओवादी केन्द्र), मधेश प्रदेश (नेपाल संघीय समाजवादी) र मधेश प्रदेश (जसपा)
यो भन्दा पहिला प्रदेश नम्बर २ को सदनले स्पष्ट रुपमा प्रदेशको नामकरण सम्बन्धमा आफ्नो औपचारिक मत विभाजन गरेको थियो ।जसमा सबभन्दा बढि मत प्राप्त गर्ने नाम मधेस प्रदेश (६०), मध्य मधेश (४२), जानकी (३७) र मिथिला भोजपुरा (२८) रहेको थियो ।विगतको लामो संघर्ष र इतिहासले मधेशी (मधेश) जस्ता विभेदकारी शब्दको उच्चारणले नेपालको राजनीतिमा विशेष स्थान बनाएको सर्वबिदित छ ।
एउटा हेक्का राख्न जरूरी छ । आफुले सिर्जित संघीय शासनतन्त्रको मूल, भाव, अर्थ, भविष्य रेखांकन गर्ने पहिलो कदमको रुपमा प्रदेशको नामकरणले पनि बिशेष अर्थ राख्नु स्वभाविक नै हो । आम मधेशी समुदायबीचको सांस्कृतिक एकताले खस आर्यलाई राजनीतिक चिन्तनशिल बनाउन प्रयत्नशील गर्ने ठाउँमा अबको राजनीतिक चिन्तनको भूमिकामा मधेशी समुदाय आईपुगेको बेलामा यो मुलुकले भोग्दै आएको क्यान्सर भन्दा पनि घातक राजनीति, कूटनीति आयातिकरण (यसको बिभिन्न नीति, नियम, निर्देशन लगायत) को भूमरिमा नफाल्ने संघीय शासन प्रणालीको प्रमुख प्रवक्ताका काँधमा यस्ता आयातिकरणले प्रभाव पार्नु भनेको आफ्नो बलियो बन्दै गÞईरहेको पहिचान माथिको धोका हो ।
हेक्का होस्, मधेशको नामले अन्य प्रदेश लगायत सम्पूर्ण मुलुकवासीहरुमा संघियता, राष्ट्रीय एकता मजबूत हुनेछ, बिभेदीकरणको अन्त्य हुनेछ । समानुपातिक समावेशिकरण लगायत राजनीतिक मुद्दाहरुलाई संबैधानिकिकरण गर्ने योगदान रहेको बुझिन्छ ।
अन्य बहसमा रहेको नामले नामको वा प्रादुर्भाव, शुरुवाती राजनीतिक आकांक्षा , गन्तव्यको ठोस रेखांकनबारे स्पष्ट नभएसम्म हामी त्यसप्रति सहमत हुन सक्दैनौं । तसर्थ यस प्रदेशको नाम ’मधेश प्रदेश’ मा सहमति भएपश्चात चिर, प्रकृतिक, मौलिक स्थायी राजनीतिक सन्देश दिने निश्चित देखिन्छ ।

